उवाथोक होमस्टेको टोली पोखरा महोत्सवमा
पाेखरा | माघ ३, २०७९
पोखराः तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लबले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका उवाथोकमा रहेको सामुदायिक होमस्टेको टोलीले महोत्सव स्थलमा स्टल बनाइ महोत्सवमा आउने दर्शकहरुलाई पाहुनाको रुपमा आफ्नो होमस्टेमा आउनका लागि आमन्त्रण गरेको हो ।
२०७५ देखि सञ्चालनमा आएको होमस्टेमा ३५ देखी ४० जना पाहुनालाई राख्न सकिने होमस्टेका सल्लाहकार मन बहादुर रानाले जानकारी दिए । १२ वटा घरमा सञ्चालित होमस्टेमा आउने पाहुनाहरुलाई कोदोको ढिंडो, मकैको च्याख्ला, स्थानीय गोफा खोलाको लोकल माछा, लोकल कुखुरा, लोकल कालो सुंगुरको परिकार, लोकल खसी, सिस्नुको परिकार, लोकल दुध, दही, मह, खुदो लगायतका परिकारहरु पस्किने गरेको छ ।
होमस्टेमा हाल सम्म विदशी र स्वदेशी गरी २५ सय वढी पर्यटकहरुले घरबास गरिसकेका छन । उवाथोक होमस्टेमा आउने पर्यटकहरुले घिरिङकोट भ्युटावरबाट कालीगण्डकीको फेरो संगै पर्यटकीय शहर पोखरा, नवलपरासीको देवचुली वरचुली लगायतका मनोरम दृश्यहरु संगै गोफाखोलामा निर्माणाधिन घुमाउने तालको अवालोकन गर्न सक्ने होमस्टेका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । होमस्टेमा घरबास गर्ने पर्यटकहरुले मगर संस्कृति झल्कने कौरा नाच, स्थानिय झ्याउरे र दोहोरीमा रमाइलो गर्न सक्ने समेत थापाले बताए ।
महोत्सवमा उवाथोक संगै लम्जुङको पुरानोकोट होमस्टेको टोलीपनि पर्यटकहरुलाई आफ्नो होमस्टेमा आउनका लागि अनुरोध गर्दै महोत्सव स्थलमा आइपुगेको छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता समेत वढ्दै गएको छ भने महोत्सवमा राखिएको स्टलहरुमा ब्यापार समेत बढ्दै गइरहेको महोत्स्व प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा सोमबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नविना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए ।
महोत्सवको सातौं दिन प्रिति आले, प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

