राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

पाेखरा | माघ ४, २०७९

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

पोखराः   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को ५८औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो ।

 
उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरिलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । आउँदो १० गते वार्षिकोत्सवको मूल समारोह आयोजना हुनेछ ।

 
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको पुरानो र ठूलो वाणिज्य बैंक हो । यसले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । विसं २०२२ माघ १० गते बैंक स्थापना भएको थियो ।

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्