पोखरा इन्जिनियरिङ कलेजः २४ वर्षपछि नेविसंघको प्यानलै विजयी
पाेखरा | माघ ६, २०७९
पोखराः पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाली विद्यार्थी संघ २४ वर्षपछि प्यानलै विजयी भएको छ ।
शुक्रबार भएको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेकपा एमाले अनेरास्ववियु र माओवादी समर्थित अनेरास्ववियु (क्रान्तिकारी)को प्यानललाई पराजित गर्दै नेविसंघ २४ वर्षपछि प्यानललै विजयी भएको हो ।
स्वतन्त्र विद्यार्थी परिषद्को सभापतिमा विजयी भएका नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार विराट सिग्देलले मत २ सय ८५ मत प्राप्त गर्दै विजयी भए । यस्तै अनेरास्ववियुका उम्मेदवार विरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार पवन लम्सालले १सय ३१ मत प्राप्त गरे ।
यस्तै पोखरा इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी परिषद्को सचिवमा नेपाल विद्यार्थी संघका उम्मेदवार मिलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन । सचिव पदका उम्मेदवार अनेरास्ववियुका स्वतिका पौडेलले १ सय ५४ र अनेरास्ववियु (क्रान्तिकारी) का कविन पाठकले ७२ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा विजयी भएका नेविसंघका उम्मेदवार कृति वाग्लेले २ सय ८१ मत प्राप्त गरे । नेकपा एमाले समर्थित अनेरास्ववियुका उम्मेदवार राज अमृत सुवेदीले २ सय ११ मत प्राप्त गरे भने अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवार जानकारी वडुले ८० प्राप्त गरे ।
सदस्यमा नेपाली विद्यार्थी संघका उम्मेदवार सुवासचन्द्र पण्डित ३ सय १८, अनिष गिरी २सय ४९, सोवित कार्की २ सय ८४ र भुमिका छुमीले २ सय ९० मत प्राप्त गर्दै विजयी भए ।
शुक्रबार सम्पन्न भएको निर्वाचनमा ६सय १४ मतदातामा ५ सय ८४ जनाले मतदान गरेका थिए ।
कसले कति मत पाए ?

काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

