पोखरा इन्जिनियरिङ कलेजः २४ वर्षपछि नेविसंघको प्यानलै विजयी

पाेखरा | माघ ६, २०७९

पोखरा इन्जिनियरिङ कलेजः २४ वर्षपछि नेविसंघको प्यानलै विजयी

पोखराः  पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाली विद्यार्थी संघ २४ वर्षपछि प्यानलै विजयी भएको छ । 


शुक्रबार भएको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेकपा एमाले अनेरास्ववियु र माओवादी समर्थित अनेरास्ववियु (क्रान्तिकारी)को प्यानललाई पराजित गर्दै नेविसंघ २४ वर्षपछि प्यानललै विजयी भएको हो । 


स्वतन्त्र विद्यार्थी परिषद्को सभापतिमा विजयी भएका नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार विराट सिग्देलले मत २ सय ८५ मत प्राप्त गर्दै विजयी भए । यस्तै अनेरास्ववियुका उम्मेदवार विरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार पवन लम्सालले १सय ३१ मत प्राप्त गरे । 


यस्तै पोखरा इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी परिषद्को सचिवमा नेपाल विद्यार्थी संघका उम्मेदवार मिलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन । सचिव पदका उम्मेदवार अनेरास्ववियुका स्वतिका पौडेलले १ सय ५४ र अनेरास्ववियु (क्रान्तिकारी) का कविन पाठकले ७२ मत प्राप्त गरे ।  


कोषाध्यक्ष पदमा विजयी भएका नेविसंघका उम्मेदवार कृति वाग्लेले २ सय ८१ मत प्राप्त गरे ।  नेकपा एमाले समर्थित अनेरास्ववियुका उम्मेदवार राज अमृत सुवेदीले २ सय ११ मत प्राप्त गरे भने अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवार जानकारी वडुले ८० प्राप्त गरे । 

 

सदस्यमा नेपाली विद्यार्थी संघका उम्मेदवार सुवासचन्द्र पण्डित ३ सय १८, अनिष गिरी २सय ४९, सोवित कार्की २ सय ८४ र  भुमिका छुमीले २ सय ९० मत प्राप्त गर्दै विजयी भए ।  


शुक्रबार सम्पन्न भएको निर्वाचनमा ६सय १४ मतदातामा ५ सय ८४ जनाले मतदान गरेका थिए । 


कसले कति मत पाए ?  


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्