टाइगर कपको तयारी पुरा, उद्घाटन खेल गण्डकी र नेपाल पुलिस भिड्ने

पाेखरा | माघ ७, २०७९

टाइगर कपको तयारी पुरा, उद्घाटन खेल गण्डकी र नेपाल पुलिस भिड्ने

पोखराः   पोखरामा रंशशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने तेस्रो संस्करणको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी पुरा भएको छ । 


टाइगर ग्रुुप अफ पोखरा नेपालले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । 

 

भोलि माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मी क्लब र होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको बीचमा हुने टाइगर ग्रुपका सचिव डिबी नेपाली बताए । 


‘पोखरा रंगाशालास्थित भलिबल प्रशिक्षणमा तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी पुरा भएको छ, पहिलो खेल त्रिभुवन आर्मी क्लब र होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको बीचमा हुनेछ भने उद्घाटन खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको बीचमा हुनेछ ।’ नेपालीले भने । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना माघ ८ देखि १४ गते सम्म पोखरामा रंगशालामा हुने प्रतियोगितामा महिला ४  र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभागिता रहेका संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । 


‘तेस्रो संस्करणको टाइगर कपमा महिला र पुरुषतर्फ ५/५ टिमको सहभागिता हुने अन्तिम टुङ्गो लागेको हो, शर्माले भने, ‘महिला तर्फ नेपाल पुलिस क्लबको खेलाडी घाइते भएको भन्दै सहभागिता नहुने र भारतको महिला टिम नआउने भएकाले महिला तर्फ गण्डकीको सहभागितासँगै ४ र पुरुष तर्फ ५ समुहको सहभागिता रहनेछ ।’

 


राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र  होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । 


यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । 


तेस्रो संस्करणमा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हो ।  गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र  पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । 


आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिलारपुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । 


त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५÷२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा वृद्ध/वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।


खेल अवलोकन गर्न सेमिफाइनल र फाइनलमा ३ सय र बाँकी खेलमा २ सय शुल्क निर्धारण गरेको आयोजकले जनाएको छ । 
 

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्