दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्दै स्वास्थ्य मन्त्री गिरी
काठमाडाैं | माघ ८, २०७९

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा नियन्त्रण गर्न सबै काम छोडेर दादुरा रुवेलाविरुद्धको खोपमा तीव्रता दिन आग्रह गर्नुभयो ।
दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने मन्त्री गिरीको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको दादुराबाट अहिलेसम्म २६० जना बालबालिका सङ्क्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार पुस १२ गते फैलिएको दादुरा माघ सात गतेसम्म नेपालगञ्जमा २०३, कोहोलपुरमा पाँच, खजुरामा १८, नरैनापुर २६, डुडुवा आठ गरी २६० जनामा दादुरा पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये नौ महिनाभन्दा कम उमेरका १५, नौदेखि १५ महिनासम्मका १६, १५ देखि दुई वर्षसम्मका १८, दुईदेखि पाँच वर्षसम्मका ७२ र पाँच वर्ष वा सोभन्दा माथिका उमेरका १३९ जनाका बालबालिका सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सरकारले दादुरा रुवेला नियन्त्रण गर्ने उद्देश्यले ६ देखि १५ वर्ष उमेरका बालबालिका पुस २२ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म ८९ हजार ४५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ७२ हजार ९३१ जनाले दादुरा रुवेलाविरुद्धको खोप लगाइसकेका छन् ।
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...