हेम्जाका कुँवर दम्पतीको अन्त्येष्टी , दुई जनाको शव पहिचान हुन बाँकी
पाेखरा | माघ ८, २०७९
पोखरा: यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हेमजाका ४ जनाको शव मध्ये दुईजनाको अत्येष्टी गरिएको छ । भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर दम्पत्तीको शव पोस्टपार्टमपछि हेमजा मर्दी दोबिल्ला घाटमा आज (आइतबार) अन्त्येष्टी गरिएको हो ।
कुँवर दम्पतीको अन्त्येष्टी गरिएपनि अनिशा बाँनिया र राजन सापकोटा शवको पहिचान हुन बाँकी छ ।
गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा विमानमा सवार हेम्जामा ४ जनाको मृत्यु भएको थियो ।
यतीको कलसाइन नाइन एन–एएनसी विमान पोखराको सेती खोंचमा दुर्घटनामा हुँदा विमानमा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

