कास्कीको लुम्लेमा सुनगाभा कप

पाेखरा | माघ ९, २०७९

कास्कीको लुम्लेमा सुनगाभा कप

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ । 


सुनगाभा युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सुनगाभा कप तथा स्व. प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । 


लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदबाट पर्यटन भित्राउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने र सुनगाभा क्लब लुम्लेको चौथो संस्करण आयोजना गर्न लागेको वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिए । 


क्लबको वार्षिकोत्सवको अवसरमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा समेत आयोजना गरेको छ । १ टिममा राष्ट्रिय टिमका दुईजना जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई  पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । ।

 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्