कास्कीको लुम्लेमा सुनगाभा कप

पाेखरा | माघ ९, २०७९

कास्कीको लुम्लेमा सुनगाभा कप

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ । 


सुनगाभा युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सुनगाभा कप तथा स्व. प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । 


लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदबाट पर्यटन भित्राउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने र सुनगाभा क्लब लुम्लेको चौथो संस्करण आयोजना गर्न लागेको वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिए । 


क्लबको वार्षिकोत्सवको अवसरमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा समेत आयोजना गरेको छ । १ टिममा राष्ट्रिय टिमका दुईजना जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई  पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । ।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्