पूर्वी नवलपरासीमा बढ्यो तोरी उत्पादन
नवलपरासी | माघ ९, २०७९

कावासोती: पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ।
यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो।
यो वर्ष तोरीमा दाना राम्रो फलेको, तोरीको बाक्लो ठूला बोटसमेत रहेकाले तोरी उत्पादन गत वर्षको तुलनामा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो।
कृषकहरू तोरीबाली नलगाउने, तेल किनेर खाने प्रचलन बढन् थालेपछि तोरी खेतीतर्फ कृषकलाई थप आकर्षित बनाउन कृषि ज्ञान केन्द्रले कृषकलाई समय समयमा तालिम दिने र यसको महत्वका बारेमा जानकारी दिने गरेको छ।
पूर्वीनवलपरासीको गैँडाकोटमा गत वर्षको तुलनामा यो वर्ष तोरी उत्पादन दोब्बर बढेको र तोरी खेती गर्दै आएका कृषक ओमनाथ तिवारीले बताउनुभयो। यो वर्ष तोरीको बोट राम्रोसँग बढेकाले दाना पनि फसल पनि राम्रो भएको कृषक तिवारीले बताउनुभयो।
जिल्लामा तोरी उत्पादन राम्रो भएकाले किसानहरू खुसी भएको प्रगतिनगरका कृषक धर्मराज बस्यालले बताउनुभयो। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउन र कृषि खेतीतर्फ जागरुक बनाउन पालिकाले योजना नै बनाएर अघि बढेको बताउनुभयो।
गलकोटः विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ । काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...
भरतपुर: बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर ...
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...