प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक, चार्टर गर्ने र पिट्ने छ जना युवा पक्राउ

स्याङ्जा | माघ १०, २०७९

प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक, चार्टर गर्ने र पिट्ने छ जना युवा पक्राउ

स्याङ्जा:  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो । 


क्यामरुन र वालिङ रातो खेलिरहेको अवस्थामा खेलको ४० औँ मिनेटमा एकाएक प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण भएको थियो । 


उड्डयन प्राधिकरणले अनुसन्धानका लागि पोखराबाट सेवा दिने प्रभु एयरका छ वटै हेलिकोप्टर उडानमा रोक लगाएको प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । 


प्रभु एयरलाई के कसरी घटना भएको हो र कसको गल्ती हो भन्ने बारेमा लिखित स्पष्टीकरणका लागि माग गरिएको र सत्य तथ्य नआउँदासम्म हेलिकोप्टर चलाउन रोक लगाएको निरौलाले बताउनुभयो । उडानका लागि एयरपोर्ट र स्थानीय प्रशासनसँग अनुमति र शान्ति सुरक्षाको प्रत्याभूति भएपछि मात्र उडान तथा अवतरण गर्नुपर्नेमा सो नदेखिएको बताइएको छ । 


यस्तै, हेलिकोप्टर अवतरण गर्दा कुटाइ खाएका क्याप्टेन रनेश डङ्गोलले वडा प्रहरी कार्यालय वालिङमा चार्टर गर्ने र आफूलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्नुभएको छ । डङ्गोलले हवाई उडान सुरक्षाविरुद्ध कसुर र अभद्र व्यवहार मुद्दा दर्ता गराएर कारबाहीको माग गर्नुभएको हो । 


क्याप्टेनको उजुरीसँगै प्रहरीले हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ । 


पक्राउ परेका छ जनालाई म्याद थपेर अनुसन्धान अगाडि बढाएको र भिडियोमा पहिचान गरी थपलाई पक्राउ गरिने सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले बताउनुभयो । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्