भूकम्पपछि ढुंगा पल्टेर बाजुरामा एक जनाको मृत्यु
बाजुरा | माघ १०, २०७९
बाजुरा: मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो।
यसैगरी जिल्लाको गौमुल गाउँपालिका(१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।
घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका(११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्।
बाजुरा केन्द्रविन्दु भएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...

