टाइगर कप भलिबल: एपिएफको दुवै टोलीको जित

पाेखरा | माघ १०, २०७९

टाइगर कप भलिबल: एपिएफको दुवै टोलीको जित

पोखरा:   पोखरामा जारी तेस्रो टाइगर कपमा एपिएफ क्लबको महिला/पुरुष टोलीले जित निकालेको छ । 


‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन विभागिय टोलीको बर्चश्व जारी रहेको छ । 


महिलातर्फको आजको पहिलो खेलमा भने एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गरेको छ ।  एपिएफले  २५–१५, २५–२० र २५–७ ले विजयी भएको थियो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन । 


दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले पाखा लगायो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का भइन । 


महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लब र एपिएफ क्लबले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् । 


यस्तै पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ । पुलिसले १९–२५, २३–२५,२५–२३, २५–१९ र २५–१३ ले खेल जितेका थियो । 
त्यस्तै अर्को एक खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरीको क्लब एपिएफसंग पराजित भएको छ ।  


एपिएफले २५–१९, २५–२३, २०–२५ र २५–१९ ले विजय भएको थियो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए । 


आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । 


त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५÷२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्