प्रेम आचार्यको परिवारसँग गृहमन्त्रीको भेट
काठमाडाैं | माघ ११, २०७९
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो ।
आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गर्नुभएको हो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

