राष्ट्रिय मगर संघ गण्डकीको अधिवेशन १४ गते
पाेखरा | माघ ११, २०७९
पोखराः नेपाली कांग्रेस समर्थक राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका दोस्रो अधिवेशन माघ १४ गते पोखरामा हुने भएको छ ।
पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशन माघ १४ गते हुने प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए ।
‘पटक पटक मिति घोषणा भए पनि स्थगित हुँदै आएको प्रदेश अधिवेशन माघ १४ गते मिति तय गरेका छौं, पुनले भने, ‘अधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवासँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।’
उनका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायत कास्की जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन् ।
अधिवेशन अगाडी संघले लखन चोकमा नेपालका प्रथम शहिद लखन थापामगरको शालिकमा माल्यार्पण गर्दै झाँकी ¥यालीसहित नयाँबजारको प्रदर्शनी हलमा कार्यक्रम गर्ने संघका सभापति पुनले जानकारी दिए ।
अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका प्रत्येक गाउँपालिकाबाट १ जना महिला, २ जना पुरुष र नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

