विराटनगरमा घरेलु मदिरासहित ३ पक्राउ

विराटनगर | माघ ११, २०७९

विराटनगरमा घरेलु मदिरासहित ३ पक्राउ

विराटनगर:  अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्। 


अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो। 


को १ ह १८६९ नम्बरको टेम्पोसहित उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–५ बस्ने वर्ष ३६ का दिपेन्द्र अमात्य, बेलबारी–११ बस्ने वर्ष ३७ की सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्।
 

बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए। उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाईएको बताए।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्