पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न नेपाल आयल निगमको आग्रह

काठमाडाैं | माघ ११, २०७९

पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न नेपाल आयल निगमको आग्रह

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न आग्रह गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको हो। 


निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नुरनगराउनु हुन सूचित गरिन्छ।’


जिल्ला प्रहरी परिसर, काठमाडौंले पेट्रोलियम पदार्थको सुरक्षित बिक्री वितरण सम्बन्धमा मिति २०७९र१०र११ गते सूचना समेत प्रकाशित गरेकाले सोही अनुसार गर्न पनि निगमले आग्रह गरेको छ। 


सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।

 

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...

थप पढ्नुहोस्

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्