कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
पाेखरा | माघ ११, २०७९
                                
                            पोखराः प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् ।
पोखरा रंगशालामा बुधबार सम्पन्न भएका खेलमा सहिद स्मृति, भद्रकाली र कालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि मंगलबार छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 
सहिद स्मृतिले न्यु ग्यालेक्सी माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । सहिद स्मृतिको जितमा जयराम घर्तिमगरले २, सुनिल पाख्रिन, विवेश सोमाई र जोन रेग्मीले १–१ गोल गरे । जोनले खेलको १२औं मिनेटमा गोल गर्दै टिममा सुरुआती अग्रता दिलाएका थिए । जयरामले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सहिद स्मृतिमा दोब्बर अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै तेब्बर अग्रता दिलाए । त्यसपछि खेलको ४४औं मिनेट र ५४ औं मिनेटमा सहिद स्मृतिले गोल गर्दै ५–० को सानदार जित निकाल्यो । 
भद्रकालीले विष्णु पडुका माध्यमिक विद्यालयलाई ५–० ले पराजित ग¥यो । खेलको आक्रमक बनेको भद्रकालीले अधिकांश समय बल आफ्नो पक्षमा पारिरह्यो ।  भद्रकालीको जितमा भिमबहादुर गुरुङले ह्याट्रिक गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै भद्रकालीलाई अग्रता दिलाएका थिए । 
खेलको २८औं मिनेटमा भद्रकालीका दिपेश गुरुङले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । त्यसको ३ मिनेटमै भद्रकालीले अर्काे गोल थप्यो । भद्रकालीका कप्तान युक्त गुरुङले दोस्रो हाफको सुरुआतमै ३१औं मिनेटमा गोल गरे । 
भिमले खेलको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई चौथो अग्रता दिलाए । खेलको ३५औं मिनेटमा भिमले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि भने दुवैतर्फ गोल हुन सकेन । भद्रकाली ५–० ले विजयी भयो । 
कालिकाले डायमण्ड माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । कालिकाका लागि कुशन राई र समुन्द्र सुवेदीले १–१ गोल गरे । कालिकाले खेलको सुरुआतमै डायमण्डविरुद्ध अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा कुशन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम इन्जुरी समयमा कालिकाका सुवेदीले गोल गर्दै टिमलाई टिमलाई २–० को जित दिलाए । 
प्रतियोगितामा बिहीबार सेमिफाइलनमा खेलहरु हुनेछन् । पहिलो सेमिफाइलनमा भद्रकाली र इन्द्र राज्यलक्ष्मी बिहीबार बिहान साढे १० बजे भिड्नेछन् । दोस्रो सेमिफाइनलमा कालिका र सहिद स्मृति साढे १२ बजे भिड्नेछन् । फाइनल खेल शुक्रबार हुनेछ । 
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । 
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
 
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
