सहमतिपछी मगर संघले भन्यो ‘कुनै पनि आन्दोलन र जुलुस गरेका छैनौं’
सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधिहरु नगर्न दुवै पक्षलाई अपिल
काठमाडाैं | जेठ २०, २०७९

पोखरा: अभिनेत्री मिरुना मगरले अभद्र व्यवहार गरेकाआरोपी फुर्वा लामालाई झापड हानेको विषयमा मगर संघले मिलापत्रपछी आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
नेपाल मगर संघका महासचिव टेक बहादुर नाम्जाली मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै संघको धारणा सार्वजनिक गरेको हो ।
‘कुनै पनि असल नागरिकले एक नारीमाथी हुने दुव्र्यवहार सहन सक्दैन । त्यसको परिणाम यस घटना हुन पुगेको सर्वविदितै छ । यस्तो संवेदनशिल सवालमा नेपाल मगर संघ र मगर समुदाय अत्यन्त गम्भीर हुदाहुदै सामाजिक सञ्जालमा मगर समुदाय र नायिका मिरुना मगरमाथी आँच आउने गरि भईरहेको गतिविधिप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जारी विज्ञप्तीमा लेखिएको छ, ‘मगर समुदायको चेली मिरुना मगरमाथी गरिएको अभद्र व्यवहारमा गल्ती स्वीकार गरि माफी मागेर दुवै पक्षको विचमा सहमति भइसकेको अवस्थामा जातिय सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पुग्ने खालको कुनै धर्म र जातिको विरुद्धमा नेपाल मगर संघ र मगर संघ संस्थाहरुले कुनै प्रकारको आन्दोलन तथा जुलुसका कार्यक्रम आयोजना नगरिएको जानकारी गराइन्छ ।
घटना घटेर एक आपसमा सहमति भइसकेको स्थितिमा पनि यस्ता सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल आउने खालको गतिविधिहरु कुनै पनि पक्षले नगर्न नगराउन हार्दिक अपिल र अनुरोध गर्दै गम्भीरतापूवर्क सचेत गराउन चाहान्छौं अन्यथा यसको प्रतिवाद गर्न संघ बाध्य हुने यसै विज्ञप्ती मार्फत जानकारी गरिन्छ ।’
विज्ञप्ती:
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...