छैटौं शुभकामना कपलाई आमा समुहको साथ
काठमाडाैं | जेठ २०, २०७९
हेमजा: आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहले साथ दिने भएको छ ।
हेम्जा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई सभ्य र भब्य रुपमा सफल बनाउन हेम्जामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्।
शुक्रवार बसेको आमा समुह र हेम्जा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेम्जा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

