आस्था मगरलाई ‘तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार’
पाेखरा | माघ १६, २०७९

पोखरा: एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एम बि आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज (सोमबार) पुरस्कृत भएका हुन् ।
उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे ।
सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए । उनले लोक तथा दोहोरीगीतको विकासका लागि कलाकारसंबद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिष्ठानले सोही कार्यक्रमकाबीच विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्व तथा अग्रज कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो ।
सो कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुर्षाेत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पुरस्कृत आस्थामगर विगत २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल छन् भने नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) का गण्डकी प्रदेश इन्जार्चसमेत हुन् ।
लमजुङ: चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उत...
भोजपुरः यहाँको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्...
पोखरा: एसईईमा ४ जीपीए ल्याएकी ममता जैसवाललाई लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आर्थिक सहयोग गरेका छन् । पोखरा–३२ गगनगौंडामा रहेको सामुदायिक विद्यालय गोगन माविबाट ए...