६ महिनामा १ अर्बको डाइपर आयात, ११ करोडको निर्यात

काठमाडाैं | माघ १७, २०७९

६ महिनामा १ अर्बको डाइपर आयात, ११ करोडको निर्यात

काठमाडौँ:  चालू आर्थिक वर्ष २०७९र८० को ६ महिनाको अवधिमा नेपालले १ अर्ब ७ करोडको डाइपर आयात गरेको छ । यस्तै ११ करोडको निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले अर्बौको सामान आयात गर्दा निर्यात करोडमा सिमित बनेको हो ।


यस अवधिमा विदेशबाट नेपालतर्फ १ अर्ब ७ करोड ३६ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको ६ करोड ४४ लाख पिस डाइपर आयात भएको हो ।


यस्तै, साउनदेखि पुससम्मको अवधिमा नेपालबाट विदेशतर्फ ११ करोड ८५ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा १ करोड ८० लाख पिस डाइपर निर्यात भएको छ । यसैगरी, नेपालबाट ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात हुँदा ४५ करोड २६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्