कैलालीमा लागु औषधसहित ८ पक्राउ

काठमाडाैं | माघ १८, २०७९

कैलालीमा लागु औषधसहित ८ पक्राउ

धनगढी:  कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी जोशीले बताए ।


यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनिष अछामी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।


धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया अन्जु कुरेसीको साथबाट १९ क्याप्सुल स्पास्मो प्रोक्सिमन, सोही ठाउँ बस्ने २१ वर्षीय विज्ञान बस्नेतको साथबाट १ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ बस्ने २३ वर्षीय आभास ऐर पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सीसी कोरेक्स नामक लागुऔषध बरामद गरिएको छ ।


लागुऔषधसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

थप पढ्नुहोस्

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार स...

थप पढ्नुहोस्

पोखरा:   रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेष्टुरेण्ट तथा ह...

थप पढ्नुहोस्