उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडाैं | माघ १८, २०७९

उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडाैँ:  नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ । 

 

ऊर्जा, जलस्राे तथा सिंचाइ मन्त्रालयमा आज बुधबार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।

 

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।

 

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो  ।

 

विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै राजदूतले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

 

पूर्वाधार, विकासको मेरुदण्ड भएकाले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकाले त्यसमा सहकार्य गर्न इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।

 

केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समयसापेक्ष बनाउँदै लगिने उहाँको भनाइ थियो ।  

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्