पाँच दिन देखि बेपत्ता किशोर मृत भेटिए
अछाम | जेठ २१, २०७९
अछामः अछाममा पाँच दिन देखि हराइ रहेको किशोरको शव फेला परेको छ।
शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका ४ तल्लो कुच्ची स्थित भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए।
मृत्यु हुने १७ वर्षीय विनोद शाही हुन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत हुन्। उनको शव फेला परे पछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच विवाद भइ रहेको विष्टले बताए।
एमालेका कार्यकर्ताहरु कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्। तसर्थ एमाले र कांग्रेसका कार्यकर्ताहरु बीच भएको विवादले दुवै पक्ष आक्रोशित बनेको छ ।
आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन, विष्टले भने, हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं। टोली घटनास्थल नपुगेको हुँदा शवको प्रकृति कस्तो छ भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ।
उनी १७ गते देखि नै हराइ रहेको बताए पनि प्रहरीलाई शुक्रबार मात्रै मौखिक जानकारी दिइएको थियो र शनिबार प्रहरी कार्यालयमा हुलिया सहित हराएको निवेदन परेको थियो, सो निवेदनअनुसार प्रहरीले मातहत कार्यालयमा पत्राचार गरि खोजी गर्न सबै युनिटलाई जानकारी गराइ खोज अनुसन्धान सूूरु गरेका थियौँ विष्टले जानकारी गराए। । यसै क्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा अनुसन्धान गर्न गएको टोली अहिले इलाका प्रहरी कार्यालय विनायकमा बसि रहेको छ। दुबै पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी भइ रहेको छ। सहजीकरण गरि दिनको लागि हामीले नेताहरुलाई मंगलसेनबाट बोलाएका छौं उनले भने. पार्टीका कार्यकर्ताहरु बीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको दिन देखि नै लफडा सुरु भएको प्रहरीको भनाइ छ। साथै शाहीको शव फेला परे पछि हिजो देखि सुरु भएको विवादले उग्र रूप लिएको हो ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

