रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप-२०२३ थाइल्याण्डमा

काठमाडाैं | माघ १८, २०७९

रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप-२०२३ थाइल्याण्डमा

काठमाडौँ:   रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप–२०२३ थाइल्याण्डको पुकेटमा सम्पन्न भएको छ । 


जिनस इनोभेसन लिमिटेड भारतको आधिकारिक बिक्रेता रहेको रेपिड ग्रुप प्रालि काठमाडौंले जिनस ब्राण्डका युपिएस ब्याट्री, सोलार सम्बन्धी सामग्री नेपालभर बिक्री बितरण गर्दै आइरहेको छ । 


नेपालभरिका ४१ डिलरलाई थाइल्याण्डको पुकेटमा जमघट गराएर जिनस बिजनेस पार्टनर मिट गरेको हो । जिनस इनोभेसन लि. इण्डियाको तर्फबाट प्रतिनिधि हेड इन्टरनेसनल बिजनेस अनुप श्री वास्तव तथा इन्टरनेशनल हेड म्यानेजर प्रमोद दुवेले कम्पनीको तर्फबाट जानकारी गराएका थिए । 


जिनस इनोभेसनका सीईओ पंकज रासतोगीले भर्चुअल मार्फत् स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै आर एण्ड डि हेड तरुण गुप्ताले जिनस ब्राण्डका उत्पादन, नयाँ ब्राण्डिङ, नयाँ प्रविधिबारे जानकारी गराए । 


योजना तथा उत्पादन प्रमुख पारमाभिर सिंहले भर्चुअल माध्यमबाट ४१ डिलरलाई फ्याक्चेमा उत्पादन हुने ब्याट्री,युपिएस तथा सोलार प्यानल ब्याट्री भिजिट लाइभ मार्फत जानकारी गराए । 


नेपालका तर्फबाट रेपिड गु्रप प्रालिले जिनस इनोभेसन लि.का प्रतिनिधि अनुप श्री वास्तवा र प्रमोद दुवेलाई रेपिड गु्रपका डाइरेक्टरद्धय राजु दाहाल, गणेश पौडेल र अध्यक्ष बुद्धिराज तिमिल्सिनाले सम्मान गरेका थिए । साथै, ४१ जना नेपालका डिलरलाई थप सहकार्य र प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो । 


साथै, बिक्री पछिको सेवालाई मध्यनजर गरेर हाल काठमाडौं र इटहरीमा सर्भिस सेन्टर रहेको र अबका दिनमा बुटवल, नेपालगञ्जमा समेत सर्भिस सेन्टर राखेर सेवामुलक बिक्री वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्