बाग्लुङ बसपार्कमा ट्रकको ठक्करबाट महिला घाइते

पाेखरा | जेठ २२, २०७९

बाग्लुङ बसपार्कमा ट्रकको ठक्करबाट महिला घाइते

पोखराः    पोखरा महानगरपालिका २ स्थित बाग्लुङ बसपार्कमा ट्रकले ठक्कर दिदाँ स्कुटरमा सवार महिला घाइते भएका छन् ।

 

विहान करिब साढे १० बजे भूपीशेरचन राजमार्ग अंतर्गत बाग्लुङ बसपार्कको चोकमा हरिचोक तर्फ जादै गरेको ०३ ००१ च ७०७९ नम्बरको ट्रकले जिरो किमी आउँदै गरेको ध १ प ९१९७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पर्वत महाशिला गाउपालिका वडा न. ४ की अस्मिता सूवेदी खत्री  घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।

 

उनका अनुसार घाइते भएका उनको दाहिने खुट्टा भाँचिएको छ । उनको उपचारको लागि फिस्टेल अस्पताल पठाइएको छ ।

 

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्