बाग्लुङ बसपार्कमा ट्रकको ठक्करबाट महिला घाइते

पाेखरा | जेठ २२, २०७९

बाग्लुङ बसपार्कमा ट्रकको ठक्करबाट महिला घाइते

पोखराः    पोखरा महानगरपालिका २ स्थित बाग्लुङ बसपार्कमा ट्रकले ठक्कर दिदाँ स्कुटरमा सवार महिला घाइते भएका छन् ।

 

विहान करिब साढे १० बजे भूपीशेरचन राजमार्ग अंतर्गत बाग्लुङ बसपार्कको चोकमा हरिचोक तर्फ जादै गरेको ०३ ००१ च ७०७९ नम्बरको ट्रकले जिरो किमी आउँदै गरेको ध १ प ९१९७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पर्वत महाशिला गाउपालिका वडा न. ४ की अस्मिता सूवेदी खत्री  घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।

 

उनका अनुसार घाइते भएका उनको दाहिने खुट्टा भाँचिएको छ । उनको उपचारको लागि फिस्टेल अस्पताल पठाइएको छ ।

 

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्