उपसभामुखलाई हेप्ने काम भयो : इन्दिरा राना

काठमाडाैं | माघ १९, २०७९

उपसभामुखलाई हेप्ने काम भयो : इन्दिरा राना

काठमाडौं:  उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले उपसभामुखलाई 'उप/चुप' जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरेको बताउनुभयो ।

 

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट सो कुराबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनैमाथि जाने भएको बताउनुभयो ।

 

उहाँले संसद्‍मा महिला सांसदले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने धारणा राख्नुभयो । उपसभामुख रानाले सांसद काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘‘मैले केही गाउँ भिजिट गरेँ । उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीको उपलब्धता छैन, यस्ता विषय सदनमा गुन्जियोस्, सांसदले यी कुरामा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसद हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’’

 

उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरेर त्यहाँका समस्या संसद्‍मा उठाउनुपर्ने बताउनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्