पर्सालाई पाँच अर्ब बजेट

पर्सा | जेठ २२, २०७९

पर्सालाई पाँच अर्ब बजेट

पर्सा:      १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट  विनियोजन गरेको छ ।

 

एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी  वीरगञ्ज महानगरमा रु  एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई रु २१ करोड विनियोजन भएको हो ।  

 

जसमध्ये तीन नगरपालिकालाई रु एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई रु ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई रु ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई रु ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो । 

 

त्यसैगरी, छिपहरमाई गाउँपालिलाई रु २८ करोड ३५ लाख, जगरनाथपुरलाई रु २८ करोड ८९ लाख, धोबिनीलाई रु २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई रु २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई रु २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई रु ३३ करोड ९८ लाख, ठोरीलाई रु ३१ करोड २६ लाख, कालिकामाईलाई रु २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।

 

यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई रु दुई करोड, जगरनाथपुर गाउँपालिकालाई रु एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई रु दुई करोड, ठोरी गाउँपालिकालाई रु दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्