घरायसी विवादमा छोराले गरे बाबुको हत्या

रौतहट | माघ २०, २०७९

घरायसी विवादमा छोराले गरे बाबुको हत्या

रौतहट : चन्द्रपुरमा छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति बुबाको हत्या गरेका प्रहरीले जनाएको छ ।

 

राईले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमार राइको हत्या गरेको प्रहरीले जनाएको छ । बाबुको हत्या गरेको आरोपमा राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको डीएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।

 

बाबु र छोराबीच राति  विवाद हुँदा छोरा प्रकाशले दाउराको चिर्पटले हानेका थिए ।


घाइते निरकुमारलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । 

 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले  प्रकाशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्