घरायसी विवादमा छोराले गरे बाबुको हत्या

रौतहट | माघ २०, २०७९

घरायसी विवादमा छोराले गरे बाबुको हत्या

रौतहट : चन्द्रपुरमा छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका –६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति बुबाको हत्या गरेका प्रहरीले जनाएको छ ।

 

राईले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमार राइको हत्या गरेको प्रहरीले जनाएको छ । बाबुको हत्या गरेको आरोपमा राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको डीएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।

 

बाबु र छोराबीच राति  विवाद हुँदा छोरा प्रकाशले दाउराको चिर्पटले हानेका थिए ।


घाइते निरकुमारलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । 

 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले  प्रकाशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्