सांसदहरुको दोस्रो दिनको अभिमुखीकरण जारी
काठमाडाैं | माघ २०, २०७९

काठमाडौं: प्रतिनिधि सभा सदस्यका लागि बिहीबारबाट सुरु भएको दुईदिने अभिमुखीकरण कार्यक्रम आज (शुक्रबार) पनि सुरु भएको छ ।
आज बिहान ११ बजेबाट सुरु भएको अभिमुखीकरण कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिकाबारे जानकारी दिनुभएको छ ।
त्यस्तै, आजको कार्यक्रमको कार्यतालिका अनुसार १२ः१० देखि १२ः४५ सम्म कानुन निर्माण प्रक्रियाबारे नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले जानकारी दिनुहुनेछ ।
यसैगरी, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले सार्वजनिक नीति र विधेयक र सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले सचिवालयको साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सांसदहरुलाई जानकारी दिनुहुनेछ ।
धादिङ: जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय य...
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...