मिस नेपाल-२०२३ का सब-टाइटल प्रतिस्पर्धा पोखरामा हुने

काठमाडाैं | माघ २०, २०७९

मिस नेपाल-२०२३ का सब-टाइटल प्रतिस्पर्धा पोखरामा हुने

काठमाडौं:  पहिलोपटक मिस नेपाल प्रतियोगिता काठमाडौंबाहिर हुने भएको छ । द हिडन ट्रेजरले यस वर्षको संस्करणका सबटाइटल प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा गर्दैछ । संस्थाका निर्देशक प्रमोद कंसाकारले सब-टाइटल इभेन्ट पोखरामा गर्दा निकट भविष्यमा ग्राण्ड फिनाले समेत गर्न सजिलो हुने बताए ।

 

तीन दिनसम्म हुने सबटाइटल प्रतिस्पर्धामा २४ जना फाइनलिस्टले सहभागिता जनाउनेछन् । पोखरामा यस्तो कार्यक्रम गर्न हिडन ट्रेजरले आफ्ना प्रायोजक र विभिन्न निकायसँग छलफल चलाइरहेको छ । मिस नेपाल २०२३ को आवेदन खुला गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले पोखरामा कार्यक्रम गर्नेबारे संकेत दिएको थियो ।

 

पोखरामा कार्यक्रम गर्दा रिफ्रेस पनि हुने र त्यहाँको जैविक विविधताबारे पनि अध्ययन गर्न सकिने निर्देशक कंसाकारले बताए । यस वर्षको मिस नेपाल प्रतियोगिता जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । यसका लागि चैत १ गतेसम्म आवेदन खुला गरिएको छ ।

 

आवेदनको समय सकिएपछि सातै प्रदेशमा अडिसन आयोजना गरिएको छ । काठमाडौंको अडिसन मार्च १८ मा हुनेछ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्