स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु, दुई घाइते
सर्लाही | माघ २१, २०७९
सर्लाही: सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–४ मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना १ क ४९५१ नम्बरको बसले ठक्कर दिँदा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका १८ वर्षीय छोरा दीपेन्द्र महतोको मृत्यु भएको हो ।
बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी १७ वर्षीया छोरी सबनम गुप्ता र जगदिस महतोकी १७ वर्षीया छोरी पूजाकुमारी महतो घाइते हुनुभएको छ ।
उहाँहरुलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेमध्ये पूजा कुमारीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु भएका युवक र घाइते दुबैजना अर्को विद्यालयका विद्यार्थी नै हुन् । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

