बृहस्पतिमा ९२ वटा चन्द्रमा !

काठमाडाैं | माघ २१, २०७९

बृहस्पतिमा ९२ वटा चन्द्रमा !

केप क्यानाभेरल (फ्लोरिडा):  खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।

 

खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइल सम्मका छन् ।

 

आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ ।

 

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ । पत्ता लागेका नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन् ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्