स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु, दुई घाइते
सर्लाही | माघ २१, २०७९
सर्लाही: सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–४ मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना १ क ४९५१ नम्बरको बसले ठक्कर दिँदा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका १८ वर्षीय छोरा दीपेन्द्र महतोको मृत्यु भएको हो ।
बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी १७ वर्षीया छोरी सबनम गुप्ता र जगदिस महतोकी १७ वर्षीया छोरी पूजाकुमारी महतो घाइते हुनुभएको छ ।
उहाँहरुलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेमध्ये पूजा कुमारीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु भएका युवक र घाइते दुबैजना अर्को विद्यालयका विद्यार्थी नै हुन् । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

