पर्यटकलाई निम्तो दिन ‘राइड एण्ड ग्लाइड’मा निस्कियाे ‘डुलुवा’
कसरी जुर्याे ‘डुलुवा’ ?
पाेखरा | जेठ २२, २०७९
पोखरा: आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकलाई निम्तो दिनको लागि ‘डुलुवा’ को टिम एकमहिने यात्रामा भारत प्रस्थान गरेको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नारासहित नेपालका विभिन्न पर्यटकीय गन्तव्य पुगिसेको टोली आजै (आइतबार) छिमेकी राष्ट्र भारत प्रस्थान गरेको हो ।
यात्रा तयगर्नुपूर्व आयोजित पत्रकार सम्मेलन मार्फत सेलाएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउनका लागि निम्तो दिन नेपालका विभिन्न जिल्लासँगै भारत पुग्ने टोली नेता योगश भट्टराईले बताए ।
उनका अनुसार उक्त टोली भारतको मनाली, सिम्ला, देहरादुन, कार्गिल, लदाख, अमृतशहर, कश्मिर र नैनीताल पुग्नेछ । भने उक्त टोली जुलाई ५ तारिखमा बुटवल हुदै पोखरा फर्किकेछ ।
टोली नेता भट्टराईले जीपमार्फत यात्रा गरिने बताउदै सम्भावित स्थानमा प्याराग्लाईडिङ समेत गर्ने कार्यक्रम रहेको बताए । उनले एकमहिने यात्राको उद्देश्य अधिकतम मात्रामा पर्यटकलाई निम्तो बाँड्ने रहेको बताएका थिए ।
को–को छन् ‘डुलुवा’ समुहमा ?
योगेश भट्टराईको नेतृत्वमा आज निस्केको टोलीमा सरोज भट्टराई, सुनिल बहादुर भट्टराई, बसन्त महत, सुमन भट्टराई, भरत तिमिल्सिना, घनश्याम गौतम, अनिल केसी, विशेष थापा, अमित थापा, अमृत ढकाल, विजय ढकाल, ठाकुर बराल, सुशान्त भट्टराई, रामराज गौतम, अभिषेक, नुरेन राना, रोशन गिरी र विकास भट्टराई रहेका छन् ।
उनीहरुले एक महिनाको यात्राको क्रममा गरेका हरेक गतिविधि ‘अफिसियल डुलुवा’ नामक युट्युब च्यानलमा सार्वजनिक गर्नेछन् ।
कसरी जुर्याे ‘डुलुवा’ ?
सन् २००८ देखि प्याराग्लाइडिङ व्यवसायमा आवद्ध रहेका टोली नेता योगश भट्टराईले आफु शाहसिक यात्रामा रम्न मन पराउने बताए ।
उनका अनुसार पदयात्रा जस्ता शाहसिक कार्यमा रुचिराख्ने पोखरेली युवा जमातको साथमा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गुरुङ गाउँ ताङतिङमा जाने क्रममा ‘डुलुवा’ नाम जुराएको हो । अहिले सोही समुह ‘डुलुवा’ नामबाट लोकप्रिय हुदै आएको छ ।
यसको मुख्य योजनाकार र अगुवाई योगेश भट्टराईले नै गर्दै आएका छन् । सो टोलीले नेपालको ७० जिल्लाको यात्रा सकिसकेको छ । भने विभिन्न गाउँका सामुदायिक विद्यालयहरुमा खेलकुद तथा शैक्षिक सामाग्रीहरु समेत सहयोग गर्दै आएको छ ।

डुलुवा’लाई पर्यटन व्यवसायीको शुभकामना
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै उनीहरुले गरेको प्रर्वद्धनात्मक कार्य निकै प्रसंशनीय रहेको उल्लेख गरेका थिए । ‘डुलुवा’को यात्राले पोखरामा थप पर्यटक भित्राउन मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका थिए ।
यसैगरि भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतको यात्रामा निस्कनु आफैमा उदाहरणीय कार्य रहेको धारणा राखे । उनले भारतको प्रख्यात तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रमा पुग्न सुझाव दिदै आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
एक महिने यात्रामा निस्केको टोलीलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायत संस्थाले साथ दिएको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

