रामबजार युथ क्लबको रक्तदानमा ३४ युनिट संकलन
कास्की | जेठ २२, २०७९
पोखरा: पोखरामा रक्त अभावलाई मध्यनजर गरि रामबजार युथ क्लबले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।
क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले रामबजार युथ क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
रामबजार युथ क्लवले युवाहरुलाई विकृती र विसंगतीबाट मुक्तगराई सामाजिक सेवामा लाग्न प्रेरित गरेको बताउदै यसको अनुसरण अन्य संघ संस्था तथा क्लबहरुले गरेको खण्डमा सभ्य समाज निर्माण हुने उनको भनाई थियो ।
उक्त कार्यक्रममा वडा नं. १० का निर्वाचित सदस्य पूर्ण चन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकारहरु राम ब. गुरुङ (संस्थापक अध्यक्ष, रामबजार सोसाइटी यू.के ), रुपक गुरुङ (भु.पु अध्यक्ष, रामबजार सोसाइटी यू.के), डा.चन्द्र ब. गुरुङ (पञ्चायत कालका भु.पु सभासद एवम सल्लाहकार, रामबजार सोसाइटी यू.के), ज्ञान ब.थापा (अध्यक्ष, कृष्ण मन्दिर सञ्चालक समिति), क्या.थमन थापा (अध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), भुपेन्द्र कुँवर (निवर्तमान कोषाध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), माया गुरुङ (अध्यक्ष, माछापुच्छ्रे आमा समुह ) लगायतको सहभागिता रहेको क्लबका सचिव सनम गुरुङले जानकारी दिए ।
कार्यक्रममा क्लबका शुभचिन्तक पोख्रेली ट्याक्सी सेवा प्रा.लिका सञ्चालक सदस्य विकास थापा र रामबजार ट्याक्सी सेवा प्रा.लिका संयोजक झक वीर थापाले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...
काठमाडौं: सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका ...

