नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम डेढ अर्ब मुनि
काठमाडाैं | माघ २३, २०७९

काठमाडौं : सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ।
यसदिन २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँमा खरिदबिक्री भयो।
कारोबार रकम अघिल्लो दिन आइतबारको तुलनामा घटेको हो। आइतबार नेप्से १.५४ अंकले बढेको थियो। सो दिन १ अर्ब ९३ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज २९ हजार ८४६ पटक सेयर कारोबार भयो।
सामान्य अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ४५ लाख ७३ हजार ६१ रूपैयाँको सेयर कारोबार भयो।
युनिभर्सल पावर कम्पनीको ५ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड मूल्य बढिको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे।
कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६को घट्यो।
बैंकिङ,फाइनान्स,होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,इन्भेस्टमेन्ट,मनु एन्ड प्रो र माइक्रो फाइनान्सको सूचक बढ्दा डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स,म्युचुअल ,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक घटेको हो।
काठमाडौं: नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो। इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात ...
काठमाडौं: गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ । सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित...
रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिक...