सबै प्रक्रियापछि सन्दीपलाई टिममा बोलाइएको हो: प्रशिक्षक देशाई

काठमाडाैं | माघ २३, २०७९

सबै प्रक्रियापछि सन्दीपलाई टिममा बोलाइएको हो: प्रशिक्षक देशाई

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षकका रूपमा आज सार्वजनिक हुँदै मोन्टी देशाईले सन्दीप लामिछाने सम्पूर्ण कानुनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा बोलाइएको बताएका छन्। 

 

करिब १० दिनअघि नै नेपाल आइपुगेर बन्द प्रशिक्षण सुरु गरेका देशाईको सबै कानुनी प्रक्रिया नपुगेकाले नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको थिएन।

 

‘कोचलाई सार्वजनिक गराउन ढिलो भएका छौं। १० दिनअघिदेखि प्रशिक्षण सुरु गरे पनि औपचारिक रूपमा सार्वजनिक गर्न सकेका थिएनौं,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘उहाँसँग लामो अनुभव छ, कन्सल्ट्यान्ट भएर पनि काम गरिसक्नु भएको छ।’

 

नेपाली क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर भित्र्याएको अध्यक्ष चन्दले बताए। नेपाली राष्ट्रिय टिम विगतका प्रशिक्षकहरूका लागि ट्रान्जिट प्वाइन्ट हुने आरोप लागेको र देशाईबाट त्यो आरोपबाट मुक्त हुने विश्वास रहेको पनि उनले बताएका थिए।

 

नेपाली क्रिकेटमा केही गर्छु भन्ने हौसला र उत्साहसहित मुख्य प्रशिक्षक बन्ने प्रस्ताव स्वीकारेको उनले बताए। नाबालिग बलात्कारको मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। 

 

यद्यपि, उनको मुद्दाको छिनोफानो भएको छैन। गत भदौमा काठमाडौंको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेर एक महिना फरार भएका सन्दीप असोज २० गते नेपाल आएपछि विमानस्थलबाटै पक्राउ परेका थिए।

 

तर, उच्च अदालत पाटनले २० लाख धरौटीसहित विभिन्न शर्तसहित रिहा गरेपछि उनी थुनामुक्त भएका छन्। उनी जेलबाट निस्कने बित्तिकै बन्द प्रशिक्षणमा समावेश गरिएपछि चर्को विरोध र आलोचना भइरहेको छ।

 

यसै क्रममा आज सार्वजनिक भएका मुख्य प्रशिक्षकले सबै कानुनी तथा व्यावासायिक प्रक्रिया पूरा गरेर नै उनलाई बन्द प्रशिक्षणमा समावेश गरिएको प्रष्ट पारे। ‘मलाई थाहा भएसम्म सबै कानुनी र व्यावसायिक प्रक्रिया पूरा गरेर नै उनलाई टिममा समावेश गरिएको छ,’ उनले भने।

 

राष्ट्रिय टिमको प्रशिक्षका रूपमा दुई वर्षको सम्झौता गरेका देशाईले सम्झौता अवधिभर नेपालमै बस्ने र त्यसपछि पनि नेपाल बसाई लम्ब्याउन तयार भएको बताए। नेपाली खेलाडीहरूमा क्षमताको कमी नभएको र एकजुट भएर मैदान प्रदर्शन गर्न मात्रै बाँकी रहेको उनले बताएका थिए।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्