लोमान्थाङका महिलाहरुलाई उद्घोषण तालिम
पाेखरा | माघ २३, २०७९
पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिकाद्धारा आयोजित एक हप्ते उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ ।
लोमान्थाङका महिलाहरु तथा महिला जनप्रतिनिधीहरुलाई उद्घोषण शिक्षा दिन र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिईन । तालिममो समापन कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै लोमान्थाङका महिलाहरुको लागि यो तालिम निकै प्रभावकारी भएको बताए ।
कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाहरुको शसक्तिकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको तालिममा प्रशिक्षार्थीहरुले पनि आफ्ना अनुभव र सिकाई बारे मन्तव्य राखेका थिए । सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेको तालिमको समापन समारोह लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैवीच एक समारोहका बीच लोमान्थाङ गाउँपालिकाले दिव्यदिप माध्यमिक विद्यालय लोमान्थाङबाट एसईई परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा अध्ययरत १६ जना विद्याथीहरुलाई जनही ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको थियो ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

