नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको नवौं वार्षिक साधारणसभा चितवनमा हुने
साधारणसभाले चितवन घोषणा पत्र जारी गर्ने
पाेखरा | माघ २४, २०७९
पोखरा: नेपाल सुनचाँदी रत्न तथा आभुुषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण चितवनमा हुने भएको छ ।
महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए ।
‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’
उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तिव्रता दिने बताए । ‘संघीयताको भावना अनुसार महासंघलाई अगाडी बढाउन साधारण सभाले पहिलो पटक संघीयताको मर्मअनुसार विधान संशोधन गर्दै छौं, विधान संशोधनसँगै साधारण सभाले चिवतन घोषणा पत्र समेत जारी गर्नेछ ।’ महासचिव सुनारले भने ।
‘स्वच्द्ध व्यवसायः सम्मानित व्यवसायी’ मूख्य नारा लिएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले कानूनहरुको पूर्ण पालन गर्दै व्यवसायलाई स्वच्छ र पाददर्शी बनाएर प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय प्रति गौरव गर्ने र सम्मानित व्यवसायी भएको अनुभुति गर्न सक्ने अवस्थाको सिर्जना गर्ने महासंघको अभियान छ ।
महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणको उद्घाटन बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गर्ने कार्यक्रम तय भएको आभुषण महासंघले जनाएको छ ।
साधारणसभामा भरतपुर महानगरपालिकाका प्रमुख रेनुका दाहाल, प्रमुख जिल्ला अधिकारी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष लगायत अतिथिहरुको सहभागिता रहने छ भने, देशभरका २ सय बढी संस्थागत प्रतिनिधिहरुको सहभागिता रहने महासंघले जनाएको छ ।
२०६९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभरका गहना व्यवसायीहरुको प्रतिनिधिमूलक अग्रज संघीय संस्थाको रुपमा स्थापित भएको छ । महासंघ स्थापना हुनु भन्दा अगाडी मुलुकमा गहना व्यवसायीहरुका समानस्तरका धेरै संघहरु भएकाले ती सबैको प्रतिनिधिमूलक संघीय संस्थाको आवश्यकता महशुस गर्दै महासंघको स्थापना गरिएको जनाइएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

