साफ फुटबलमा नेपालले भारतलाई हान्यो ३ गोल

नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडाैं | माघ २४, २०७९

साफ फुटबलमा नेपालले भारतलाई हान्यो ३ गोल

काठमाडौं:   बंगलादेशको राजधानी ढाकामा भएको लिगको अन्तिम तथा निर्णायक खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।


मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। १–० गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले  पुनरागमन जित निकाल्न सफल भएको हो । 


भारतले पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोलमा अग्रता लिएको थियो । नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्। 


नेपालले ६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन्। त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। 
   

नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। 


जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। 


अन्तिम खेलपछि भारतको ४ अंक भएको छ। भुटानसँग खेल्नुअघि बंगलादेशको पनि ४ अंक छ। बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। भारतले बंगलादेशको हारको कामना गर्नु पर्नेछ। 


यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४० को जित निकालेको थियो। प्रतियोगितामा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए। 

पोखरा:   गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।  साम...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदिप...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोग...

थप पढ्नुहोस्