प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

काठमाडाैं | माघ २५, २०७९

प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।

 

 

यसअघि उहाँले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसक्नुभएको छ। अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ। उहाँले मङ्गलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिसक्नु भएको छ। 

 

दुई दिने नेपाल भ्रमणमा मङ्गलबार काठमाडौं आइपुग्नुभएकी उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ता सकेर उहाँ आजै स्वदेश फर्किनु हुनेछ।  

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्