प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

काठमाडाैं | माघ २५, २०७९

प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।

 

 

यसअघि उहाँले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसक्नुभएको छ। अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ। उहाँले मङ्गलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिसक्नु भएको छ। 

 

दुई दिने नेपाल भ्रमणमा मङ्गलबार काठमाडौं आइपुग्नुभएकी उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ता सकेर उहाँ आजै स्वदेश फर्किनु हुनेछ।  

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्