पोखरामा अन्तर विद्यालयस्तरीय वडाध्यक्ष कप फागुन १ गतेदेखि सञ्चालन हुने

पाेखरा | माघ २८, २०७९

पोखरामा अन्तर विद्यालयस्तरीय वडाध्यक्ष कप फागुन १ गतेदेखि सञ्चालन हुने

पोखरा:  पोखरा रंगशालामा ड्यामसाइडन क्लब र पोखरा महानगरपालिका १७ को आयोजनामा दोस्रो अन्तर विद्यालय वडाध्यक्ष कप फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
 

६दिनसम्म सञ्चालन हुने वडाध्यक्ष अन्तर विद्यालय कपमा पोखरा १७ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने पाउने प्रतियोगिता सहसंयोजक पदम बहादुर ढकालले बताए । 


‘वडाध्यक्ष कपमा पोखरा १७ का सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहनेछ, प्रतियोगितामा ६देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता लिन पाउँछन्, ढकालले भने, ‘विद्यालय भन्दा बाहिर र कक्षा १० भन्दा माथिका विद्यार्थीहरु समावेश गरेको पाइए कारवाही गछौं ।’


विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने महानगरको एक वडा एक खेल मैदानको अवधारणा अनुसार खेल मैदान स्तरोन्नती गर्ने उद्धेश्य रहेको उनले बताए । 


प्रतियोगितामा प्रथम, प्रथम दित्तीय तृतीय हुनेले क्रमश ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरेको छ । त्यस्तै आयोजकले विभिन्न पाँच विधामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता, मिडफिल्डर, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्डरलाई पुरस्कार प्रदान गर्नेछ । 

  
ड्यामसाइड क्लबले विगत लामो समयदेखि विशेषगरि फुटवलको क्षेत्रमा काम गर्दै आइरहेको छ । क्लबले राष्ट्रिय स्तरका धेरै खेलाडीहरुसमेत उत्पादन गरिसकेको संहसंयोजक ढकालले जानकारी दिए । उनका अनुसार क्लबले ए डिभिजनदेखि राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिसकेको छ । ती खेलाडीहरुमा बसन गौचन, भिषन गौचन, राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ लगायत कम्तिमा २६ खेलाडी रहेका छन् । 


प्रतियोगितामा ५ लाख २० खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न पोखरा महानगरपालिका वडा नं १७ ले ३ लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम क्लबको आन्तरिक स्रोत र वडा नं १७ का स्थानीयको सहयोगमा प्रतियोगित सञ्चालन गर्ने छ । 


२०७६ सालमा पहिलो पटक प्रतियोगिता सञ्चालन गरेको क्लबले विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै दोस्रो संस्करणको प्रतियोगिता फागुन १ देखि ६गतेसम्म सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । 
 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्