बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा

पाेखरा | माघ २८, २०७९

बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा

पोखरा:    पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइलनलको समिकरण पूरा भएको छ । 


पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोल अन्तरले पराजित ग¥यो । लामागाउँको जितमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल र लेकनाथ एफसीका विवेक सन्तोषीले सान्त्वना गोल फर्काए । 


यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा एलजी एसोसियशनले विष्णुपादुका क्लबलाई १–० गोल अन्तरले पराजित ग¥यो । एलजीको जितमा आनन्द दुराले निर्णायक गोल गरे । 


तेस्रो खेलमा आयोजक बिटी ह्वाइट र सत्य युवा क्लबबीच भएको खेल निर्धारित समयमा २–२ गोलमा बराबरी भएपछि ट्राइबेकरमा आयोजक बिटी ह्वाइटले ६–५ गोल अन्तरले जित निकाल्यो । 


चौथो तथा अन्तिम खेलमा गन्नी एफसीले वी आर ब्रदर्शलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । गन्नीको जितमा सुनील घोतानेले २ र सन्जीव रानाले १ गोलको योगदान दिए भने वी आरका मान्नाले सान्त्वना १ गोल फर्काए । 


आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
 

पर्सा:   स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गा...

थप पढ्नुहोस्

काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।  उनले आ...

थप पढ्नुहोस्