मुख्यमन्त्री भलिबल कपः महिलातर्फ म्याग्दीलाई उपाधि

पुरुषतर्फ जिल्ला भलिबल संघ बागलुङ र पर्वत खेल्दै

पाेखरा | फागुन ३, २०७९

मुख्यमन्त्री भलिबल कपः महिलातर्फ म्याग्दीलाई उपाधि

पोखरा:   गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ जिल्ला भलिबल म्याग्दीले जितेको छ । 


स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।  


म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो । 


यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । 


पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । 


पुरुषतर्फको फाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच खेल केही समयमा हुनेछ । 


 प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् । 


गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्