मुख्यमन्त्री भलिबल कपको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङलाई
पाेखरा | फागुन ३, २०७९
                                
                                photo Reezan Magar
                                
                            पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङले जितेको छ ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । 
बागलुङले पहिलो सेट २५–१९ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २७–२९ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको बागलुङले चौथो सेटमा शुरुवाती ३ अङ्कले पछि परेको बागलुङले २१–२१ पछि उत्कृष्ट पुनरागमन गर्दै २८–२६ले जित्दै उपाधि जितेको हो ।  
यस्तै महिलातर्फ भने जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।

म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो । 
यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । 
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् ।  । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल प्राप्त गरेका छन् । 
महिला तथा पुरुष भलिबल प्रतियोगिताका उपाधि बिजेता र उपविजेतालाई गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ४ गते पोखरामा बिशेष सम्मानको साथ पुरस्कार बितरण गरिने प्रदेश खेलकुद परिषदले जनाएको छ ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
