पोखरामा वर्कशप र फर्निचरमा आगलागी, २ मजदुर घाइते

काठमाडाैं | फागुन ४, २०७९

पोखरामा वर्कशप र फर्निचरमा आगलागी, २ मजदुर घाइते

पोखरा:  पोखरामा गएराति एक वर्कशप र फर्निचरमा आगलागी भएको छ ।  

 

पोखरा महानगरपालिका वडा नं १० स्थित भारत घर भएका अली हुसेनले सञ्चालन गरेको वर्कशपमा राति एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।  

 

वर्कशपमा आगलागी हुँदा वर्कशपमा भएका मोटरसाइकलमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । 

 

कास्की प्रहरीका अनुसार गएराति नै पोखरा महानगरपालिका १४ चाउथे स्थित पाल्पा भैरव फर्निचर उद्योगमा आगालागी हुँदा दुईजना घाइते भएका छन् । 

 

आगलागीबाट फर्निचरमा भएका सामान तथा काठसँगै बुलेट बाइक र बोलेरो जिपमा समेत क्षति भएको कास्की प्रहरीले जनाएको छ ।  

 

फर्निचर उद्योगमा भएको आगलागीबाट घाइते भएका राहुल गुरुङ र आशिष खड्काको  गण्डकी अस्पताल र ग्यालेक्सि अस्पतालमा उपचार भईरहेको छ । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्