एमालेको 'मिसन ग्रासरुट’ सुरू
काठमाडाैं | फागुन ५, २०७९
काठमाडौंः नेकपा एमालेले आजदेखि ‘मिसन ग्रासरुट’सुरु भएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रसरुट’सुरू गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको उद्घाटन गरेका हुन् । पार्टीलाई आधरभूत रुपबाटै बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको जनाएको छ । अभियानका क्रममा पार्टी सदस्यता नवीकरण,कमिटी व्यवस्थापन,प्रशिक्षण, भेला,बैठक,अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने,पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन हुनेछ ।
यस्तै,एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । जसअन्तर्गत् केन्द्रीय पदाधिकारीलाई प्रदेशको जिम्मा र केन्द्रीय सदस्यलाई स्थानीय तह हेर्ने गरी जिम्मा दिएको छ ।
विशेष कमिटीहरूको अनुगमन तथा संयोजनको नेतृत्व विशेष कमिटीका महासचिव शंकर पोखरेल,उपमहासचिवहरू प्रदीप ज्ञवाली,पृथ्वी सुब्बा गुरूङ,विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

