स्ववियु निर्वाचन मिति नतोकेपछि जनप्रिय क्याम्पसमा तालाबन्दी
पाेखरा | फागुन ५, २०७९
पोखरा: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नतोकेपछि पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रिय बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा स्ववियु निर्वाचनको माग गर्दै तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तीन विद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘क्याम्पसमा सक्रिय रहेका विद्यार्थी संगठनको बिचार–विमर्श र छलफललाई क्याम्पस प्रशासनले आफ्ना तवरले व्याख्याले गर्दै कुनै अमुक संगठन र विद्यार्थी नेतालाई मात्र हावी गराउने गरी आम–विद्यार्थीको भावना र आस्थालाई कुल्चेर गर्न खोजिएको व्याख्याप्रति घोर आपत्ति छ ।’

विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा शाखा र भर्ना काउन्टरमा अनिश्चितकालका लागि तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अहिले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच वार्ता चलिरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

